ओलीलाई हराएका विश्वदीप फेरी ओली बिरुद्द लड्ने - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

ओलीलाई हराएका विश्वदीप फेरी ओली बिरुद्द लड्ने



१४ कात्तिक, झापा ।

२०६४ सालको चुनावमा केपी ओलीलाई हराएका विश्वदीप यसपालीपनि ओली बिरुद्द चुनावमा उत्रिएपछी ओलीकोलागि टाउको दुखाई बनेका छन् ।

युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका थिए । अहिले उनले माओवादी छाडिसकेका छन् । अब उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तर्फबाट झापा क्षेत्र नम्बर ५ मा ओली विरुद्ध चुनाव लड्न लागेका हुन् ।

संघीय समाजवादी फोरमले मंगलबार सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा लिङदेनको पनि नाम छ । उनी झापा क्षेत्र नम्बर ५ को उम्मेदवार बनेका छन्, जहाँ केपी ओली एमाले र माओवादीको साझा उम्मेदवार छन् ।

पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ मा लिङदेनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३४७८ मत पाएको थियो ।