के ओलीले महतोको नेपाल विखण्डन गर्ने आन्दोलनमा साथ दिएका हुन् ? - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

के ओलीले महतोको नेपाल विखण्डन गर्ने आन्दोलनमा साथ दिएका हुन् ?



काठमाडौं- नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे अनविज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएको भन्दै गौतमले आफू दुखी भएको उल्लेख गरेका हुन्।

‘संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो।’

फेसबुकमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गौतमले लेखेका छन्, ‘ राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’

उनले लेखेका छन्

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’