प्रधानमन्त्री ओलीको सम्पतिः २ घर, १८ तोला सुन र ७७ लाख - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रधानमन्त्री ओलीको सम्पतिः २ घर, १८ तोला सुन र ७७ लाख



प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीमती राधिको शाक्यसहितको गरि ७७ लाख रुपैयाँ वैंक व्यालेन्स रहेको छ ।

प्रधानमन्त्री केपी ओलीको आफ्नो नाममा एभरेस्ट बैंक मा ४२ लाख रकम मौजाद रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त विवरणमा ओलीको सम्पती श्रीमती राधिका शाक्यको नाममा छ । जसमा २ वटा घर छन् । २ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ । ओलीको झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १८ तोला सुन पनि रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।