इमरान खान र महाथिरसँगै एकै मञ्चमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

इमरान खान र महाथिरसँगै एकै मञ्चमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने



काठमाडौं- ‘फ्युचर अफ एसिया’ विषयक विशेष कार्यक्रमालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने भएका छन् । आगामी जेठ ६ र ७ मा आयोजना हुने उक्त कार्यक्रमको छलफल सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

भर्चुअलरुपमा संचालन हुने उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली प्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले समेत सम्बोधन गर्नेछन् ।

जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कर्पोरेसनले आयोजना गर्ने उक्त सत्रमा भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने पूर्व बरिष्ठ निर्देशक इभान मेडेइरोस समेत वक्ता रहेका छन् ।

आयोजक संस्था निक्केइ इन्कर्पोरेसनले आफ्नो वेबसाइटमा कोभिड महामारीपछि विश्वको पुनर्उत्थानमा एसियाको भूमिकाबारे छलफल केन्द्रित हुने उल्लेख छ । शान्ति, स्थायित्व र विविधतालाई संरक्षण गर्दै भविष्यमा आउन सक्ने महामारी र अन्तर्राष्ट्रिय मुद्दामा हातेमालो गर्नेबारे छलफल हुने समेत बताएको छ ।