प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन (फोटो फिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला समर्थकले सडकमा प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली हामी केही जान्दैनौ वैदेशिक चलखेल मान्दैनौलगायतका नारा लगाएका थिए ।