आफ्नै पार्टीको 'खराव रेकर्ड' तोडेर ओलीले बनाए अर्को 'खराव रेकर्ड' - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आफ्नै पार्टीको ‘खराव रेकर्ड’ तोडेर ओलीले बनाए अर्को ‘खराव रेकर्ड’



काठमाडौं – अहिले देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य कारण एमाले र त्यसका अध्यक्ष केपी ओली नै भएको छर्लंग छ । अघिल्लो निर्वाचनमा माओवादीसँग वाम एकताको नारा लगाएर बहुमत ल्याएपछि ओलीमा अहंकार र अभिमान चुलिएको हो ।

बहुमत दलको प्रधानमन्त्री बनेपछि साढे तीन वर्षमा ओलीले हुने नहुने सबै काम गरे । राज्यसंयन्त्र आफ्नो मुठ्ठीमा पारे । संसदीय लोकतन्त्रको हुर्मत गरे । राज्यलाई सेटिङमा चलाए ।

जब आफ्नो कर्तुत जनताले थाहा पाउँदै गए, संविधान विरोधी गतिविधि र संसदीय व्यवस्थाकै हुर्मत लिए तब अन्य दल एक ठाउँमा आए । ओलीकै अहंकार र दम्भले एमाले र माओवादीको एकता खारेज भयो । एमाले विभाजन भयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । तर, एमालेले देउवा सरकार बनेदेखि संसद् चल्न दिएको छैन । संसद् चल्न नदिने तर तलबभत्ता चाहिँ काम एमालेका सांसदहरूले गर्दै आएका छन् ।

यसले एमाले कतिसम्म निर्लज्ज छ भन्ने जनताले देख्न पाएका छन् । ०५२ सालमा एमालेले ५२ दिनसम्म संसद् चल्न नदिएर रेकर्ड राखेको थियो । पार्टीका अध्यक्ष थिए मनमोहन अधिकारी ।

र, महासचिव थिए माधवकुमार नेपाल । त्यसबेला पनि कांग्रेस नेतृत्वकै सरकार थियो । अहिले एमालेले पहिलेको आफ्नो रेकर्डलाई तोडेको छ । त्यो पनि केपी ओलीले नेतृत्व सम्हालेको बेला । एमालेले संसद् बहिष्कार गरेको झन्डै तीन महिना पुग्न थालेको छ ।

संघीय संसद्का दुवै सदन मात्र होइन, एमालेले प्रदेश २ बाहेक ६ वटै प्रदेश सभा पनि राम्रोसँग चल्न दिएको छैन । संसदमा सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै पनि प्रतिपक्षमा बस्नुपरेको पीडा एमालेले पचाउन सकेको छैन ।

त्यसैले आफ्नो पार्टीको नाममा खराब रेकर्ड थपिँदै जाँदा पनि ओलीमा अझै पनि क्रोध र दम्भ उस्तै छ । उनकै निर्देशनमा सांसदहरूले संसद् बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरुद्ध गर्ने गरेका छन् ।