केपी ओलीको ‘राष्ट्रवादको धोती’ फुस्किएकै हो त ?
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको लगातारको ज्यादतीलाई नेपाल सरकारले गम्भीर रुपले नहेर्दा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादको धोती फुस्कीएको टिप्पणी सुरु भएको छ ।
परम्परागत रुपमा चलिआएको चलन झैँ गरी लगातार भारतीय पक्षले गरेको ज्यादतीको कुनै कोणबाट पनि चासो नदिएको कारण यति बेला राष्ट्रवादको चर्काे भाषण गर्ने ओलीको विरोध सुरु भएको छ ।
निर्वाचन ताका होस् या अन्य बेला भारतीय हस्तक्षपको विरोध गर्ने भनिएको भए पनि पछिल्लो केहि दिन यता भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरको पूर्नबास नगरपालिका वडा नं २ स्थीत १९५ नजिकैको सीमामा जंगली जनावर छेक्न लगाइएको तारबार एसएसबीले उखेलेर फाल्दासमेत कुनै चासो नदेखाएको भन्दै चर्काे विरोध सुरु भएको हो ।
तीन महिनाअघि भारतसँग भएको सहमतिअनुसार नै पुनर्वास नगरपालिकाले करिब ६ लाख रुपैयाँ खर्चेर तारबार गरेको थियो । तर, एसएसबीले तारबार उखेलेर लगिदियो ।