एकाएक रद्द भयो प्रधानमन्त्री ओलीको कार्यक्रम - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

एकाएक रद्द भयो प्रधानमन्त्री ओलीको कार्यक्रम



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पर्वत नजाने भएका छन् । आज पर्वत जाने कार्यक्रम एकाएक रद्द गरेको बताइएको छ ।

बिहिबारका लागि तय भएको कार्यक्रमका लागी बिहीबार बिहानमात्रै ओलीले आफू जान नसक्ने बताएका हुन् । आजका लागि तय भएको कालीगण्डकी करिडोर प्रसारण लाइनको उद्घाटन भने भर्चुवल माध्यमबाट गरिने बताइएको छ ।

प्रसारण लाइनको उद्घाटन गर्नकै लागि प्रधानमन्त्री ओली पर्वत जाने कार्यक्रम तय गरेका थिए। प्रधानमन्त्री ओली नआउने भएपछि उक्त प्रसारण लाइनको भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको छ।

पछिल्लो समय सार्वजनिक कार्यक्रम नछाडेका ओलीले पर्वतको कार्यक्रम भने एकाएक रद्द गरेका छन् ।

प्रधानमन्त्री ओली नजाने भएपनि उर्जामन्त्री टोपबहादुर रायमाझी भने पर्वत जाँदैछन् ।

भोलीको आमसभाको तयारी र अन्य व्यस्तता भने पनि नेकपा प्रचण्ड–नेपाल समूहले गरेको नेपाल बन्दका कारण प्रधानमन्त्री ओली पर्वत आउने कार्यक्रम रद्द गरेको बुझिएको छ।