योगेश भट्टराईले गरे प्रधानमन्त्री ओलीको प्रशंसा
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । उनले पार्टी एकताका लागि ओलीले गरेको आह्वान सकारात्मक भएको भन्दै ओलीको प्रशंसा गरेका हुन् ।
आइतबार साँझ प्रधानमन्त्री ओलीले गरेको सार्वजनिक आह्वान सकारात्मक भएको उनले बताएका हुन्।अध्यक्ष ओलीको वक्तव्यले पार्टी एकता कार्यदल स्तरको छलफललाई निरन्तरता दिएको उनको भनाइ छ। भट्टराईले यो विषयमा पार्टीका जिम्मेवार नेताले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विष्यलाई समाधान गर्नुपर्ने बताएका छन्।
नेता भट्टराईले सर्वोच्च अदालतमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्क्रिक प्रक्रियाको निरन्तरता र पार्टीको एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने उल्लेख गरेका छन्।
भट्टराईले अध्यक्ष ओलीको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका लागि सार्थक संवादको बाटो खुलको र पार्टीलाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गरेका छन्।हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुने उनको भनाइ छ।
‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमामार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ।कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ।पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चमा विचाराधिन विषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ।सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्का बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु।हजार माईलको यात्रा पहिलो पाइलाबाट नै शुरु हुन्छ ।’