सङ्कटमा परेपछि स्थायी कमिटि बैठक पनि टार्ने ओलीको प्लान - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सङ्कटमा परेपछि स्थायी कमिटि बैठक पनि टार्ने ओलीको प्लान



काठमाडौं- पार्टी र सरकारमा सङ्कटको अवस्था आएपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटिको बैठक तार्न अनेक उपाय लगाउन थालेका छन् ।

शनिबार मात्र पार्टीको अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटमा बैठक तत्काल आवस्यक नभएकोले त्यतातिर नलाग्न ओलीले आग्रह गरेको बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेताहरूलाई मनाउने प्रयत्न गरिरहेका छन् । कतिपय नेताहरूसँग उनले अध्यादेश फिर्ता लिइसकेकी अवस्थामा थप बिषयमा छलफल गर्नु नपर्ने बताएका छन् ।

विवादित दुई अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री ओलीमाथि पार्टीको स्थायी कमिटी बैठक बोलाउन दबाब बढिरहेको बेला उनले चार शक्तिशाली सचिवालय सदस्यसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि यो विषय पार्टीमा गम्भीर बनेको एक नेताले बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज सबैभन्दा पहिले अर्का अध्यक्ष दाहालसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले बरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

चार जना नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेका ओलीले गरेका सबै कुरा नखुले पनि स्थायी कमिटिको बैठक टार्ने कोसिसमा उनि रहेको स्रोतको दाबी छ ।

अध्यादेश ल्याउनेबित्तिकै दाहाल नेपाल पक्षधर २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउन माग गरेका थिए । उनीहरुले संयुक्त हस्ताक्षर गरेर तत्काल स्थायी कमिटी बैठक बोलाउन दबाब दिएका हुन् । प्रधानमन्त्री ओलीले गम्भिर भूल गरेको उनीहरुको ठम्याई छ ।