माधव नेपाललाई प्रधानमन्त्री बन्न ओलीको अफर
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको छ । ओली पक्षले आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको उनले खुलासा गरेका हुन् । उनले भने यस्ता अफरमा फेरी धोकाको खेलमा नलाग्ने बताएका छन् ।
तपाईं प्रधानमन्त्री बन्नुहोस शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने अफर समेत आएको थियो उनले भने । नेता नेपालले भने आफूहरू केपीको तानाशाहीविरुद्ध लड्न विद्रोही बनेको बताए । शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताए ।
नेपालले भने, संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।
नेता नेपालले आफूलाई प्रधानमन्त्री बनाउने मात्र होइन जति अफर गरेपनि ओलीसँग नमिल्ने बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’
नेता नेपालले ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य गर्द नेपालले आफूले अोलीका कुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने बताए । उनले भने, ‘माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन। यो गठबन्धनमा कुनै धोका हुदैन ।’