ओलीको अफर बोकेर वामदेवको घरमै पुगे ईश्वर - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

ओलीको अफर बोकेर वामदेवको घरमै पुगे ईश्वर



काठमाडौं । नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अफर बोकेर शुक्रबार साँझ पोखरेल गौतमनिवासमा पुगेको स्रोतले बताएको छ ।

नेकपाको सचिवालय बैठकको पूर्व सन्ध्यामा पोखरेल गौतमलाई भेट्न भैसेपाटी पुगेका हुन् । गौतमलाई आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री ओलीले रोजेको मन्त्रालय दिने यसअघि नै अफर गरेका थिए । यसपटक भने के अफर आयो बाहिर ल्याइएको छैन । विभिन्न नेताहरूले विभिन्न खाले अफर गर्न प्रधानमन्त्री ओली माहिर छन् ।

गौतमलाई आफ्नो समर्थनमा ल्याउन सके सचिवालयमा बहुमत पुग्ने भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई आफ्नो सन्देशसहित गौतम निवास पठाएको बुझिएको छ ।

यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । जवाफमा गौतमले पहिला स्वच्छाचारी पवृत्ति त्याग्न सुझाव दिएका थिए ।

शुक्रबार पनि ईश्वर पोखरेलमार्फत ओलीले आफूलाई सहयोगका लागि आग्रहको सन्देश पठाएको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।