ओलीको निर्देशन: संसदभित्र काँधमा नचढ्नु, मिडियामा नबोल्नु - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

ओलीको निर्देशन: संसदभित्र काँधमा नचढ्नु, मिडियामा नबोल्नु



काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसद्भित्र संसदीय मान्यतामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका छन् ।

“संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔँ,” उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, “मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनेँ । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नुहुँदैन । काँध चढेर माथि नजानुहोला ।”

उनले आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको पनि बताए । आइतबार बसेको संसदीय दलको बैठकमा उने यस्तो निर्दीशन दिएका हुन् ।

यस्तै ओलीले आफैँले बनाएको कानुन मिच्न मिल्छ ? भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।

आज एमाले संसदीय दलको बैठकमा उनले भने, “सभामुखले आफैँले बनाएको कानुन मिच्न मिल्छ कि मिल्दैन ?”ओलीले एमाले विभाजनका लागि सभामुखको षड्यन्त्रपूर्वक संलाग्नता रहेको आरोप लगाए ।

“नेकपा (एमाले) विभाजन गराउने कुरामा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखियो । कानुनविपरीत संलग्नता देखियो,” उनले भने ।