नयाँ ‘अफर’ बोकेर प्रचण्ड निवास पुगे ओली निकट नेताहरू
काठमाडौँ – पार्टी र सरकार दुवैबाट हात धुनुपर्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड फकाउन आफू निकट नेताहरूलाई अफरको पोको बोकाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै पठाएका छन् ।
पार्टीभित्र जारी गतिरोध अन्त्यका लागि नयाँ प्रस्ताव लिएर ओली पक्षीय नेताहरु एकाबिहानै पुष्पकमल दाहाल निवास खुमलटार पुगेका हुन्। ओलीको सन्देश लिएर नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेको स्रोतले जानकारी दियो।
नेकपाभित्र दाहाल र माधव नेपाल पक्षले जारी स्थायी समिति बैठकबाट ओलीलाई दुवै पदबाट राजीनामा गराउने तयारी थालेपछि ओली पक्षीय नेताहरु प्रचण्ड निवास पुगेका हुन्।
उनीहरुले प्रचण्ड समक्ष सरकर र पार्टी सञ्चलानमा भएका कमी कमजोरी सच्याएर अघि बढ्ने, आवश्यक परे मन्त्रिपरिषद् बैठक समेत हेरफेर गर्ने र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने प्रस्ताव लगेका छन्।
यस्ता अनेकौँ प्रस्ताव प्रधानमन्त्री ओलीले यसअघि नै गर्दै आएका छन् । जहिले पनि उधारो सम्झौता गरेपा सधै ढोका दिने प्रधानमन्त्री ओलीको शैलीबाट नेताहरू आजिद भैसकेका छन् ।