ओलीको नाममा भेटियो सयौँ रोपनी जग्गा: गैरकानूनी भन्दै सरकारद्वारा जफत - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

ओलीको नाममा भेटियो सयौँ रोपनी जग्गा: गैरकानूनी भन्दै सरकारद्वारा जफत



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रूपमा जोडेको जग्गा सरकारले जफत गरेको छ । ओलीले जोडेको ६९ रोपनी जग्गा सरकारले जफत गरेको हो ।

काठमाडौं- केपी ओलीले आफ्नो नाममा खोलिएको ट्रस्टको मा १ सय ४३ रोपनी जग्गा किनेर राखेका थिए । त्यसमध्य ६९ रोपनी जग्गा सरकारले जफत गरेको बताइएको छ । ओली पत्नी राधिका शाक्य अध्यक्ष रहेको उक्त ट्रस्टमा सात सदस्यीय सञ्चालक समिति छ । अरू पदाधिकारी भने परिवार र नातागोता बाहिरका छन्।

यता ट्रस्टको जग्गा अवैधानिक रहेको उजुरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा परेपछि त्यसको झमेला गुपचुप रूपमै मिलाउन खोजिएको खबर समेत बाहिरिएको थियो।

ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि त्यसलाई सरकारको नाममा ल्याउने निर्णय गरिएको हो । मालपोत कार्याल तेह्रथुमका अनुसार हदबन्दीभन्दा धेरै भएको जग्गा सरकारको नाममा ल्याउने निर्णय भइसकेको छ।

विभिन्न ट्रस्टका नाममा कारोबार गर्ने ओलीले उनकै जन्मस्थान तेह्रथुममा ट्रस्ट स्थापना गर्न लगाएर जग्गा किनेको समेत खुलेको छ । ओलीले आफ्नो नाममा ट्रस्ट बनाउन १ सय ४३ रोपनी जग्गा किन्न लगाएका थिए ।

उक्त ट्रस्टको जग्गा हदबन्दी भन्दा बढी भएको भन्दै मालपोत कार्यालय तेह्रथुमले जफत गरेको छ । पहाडी क्षेत्रमा ७५ रोपनी भन्दा बढी जग्गा कुनै संस्थाको नाममा राख्न नपाइने भूमि ऐनमा उल्लेख भएकाले उनको जग्गा जफत गरिएको हो ।

ओलीले आफ्नो ट्रस्टमा गैर-कानूनी रूपमा १ सय ४३ रोपनी जग्गा किनेर राखेका हुन् । मालपोत कार्यालयले ७५ रोपनी भन्दा माथिको जग्गा जफत गरेको हो ।

उनी प्रधानमन्त्री भएकै बेला आठराई–४ र ५ को जग्गा सयौँ रोपनी जग्गा किनिएको भेटिएको छ ।