कांग्रेस महाधिवेशन: ओलीको कुर्सी खाली
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा विभिन्न पार्टीका शिर्ष नेताहरु पुग्ने क्रम जारी भएपनि नेकपा एमालेका अध्यक्ष केपी ओली अझै पुगेका छैनन् । महाधिवेशनको उद्घाटन र अतिथिहरुको आशन ग्रहण सकिएपनि ओली नपुग्दा उनको लागि कुर्सी अझै सुरक्षित राखिएको छ ।
सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव महाधिवेशनस्थल पुगिसकेका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनस्थल पुगेका छन् ।
सबै पार्टीका शिर्ष नेता महाधिवेशनस्थलमा आइसकेपनि प्रमुख प्रतिपतक्षी दल एमालेबाट ओली आइनपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस सभापति शेर बहादुर देउवा ओली आउने पर्खाइमा रहेका छन् र उनको लागि अतिथिको कुर्सी खाली राखिएको छ ।