प्रधानमन्त्री ओलीको अर्को कविता ‘बन्छ नमुना नेपाल’ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्री ओलीको अर्को कविता ‘बन्छ नमुना नेपाल’



काठमाडौँ– पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन पार्टीभित्रैबाट चर्को दबाब झेलिरहेका केपी शर्मा ओलीले लेखेको अर्को कविता शनिबार पनि सार्वजनिक भएको छ।

शुक्रबार ‘अब आँसु खसाल्नु पर्दैन’ भन्ने कविता लेखेर चर्चा बटुलेका ओलीले शनिबार ‘बन्छ नमुना नेपाल’ भन्ने कविता सार्वजनिक गरेका छन्।

पार्टीभित्र दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रयास गरिरहेका बेला ओलीले दैनिकजस्तो राष्ट्रियता झल्किने कविता लेखिरहेका छन्।

प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको शनिबारको कवितामा स्वदेशमै रोजगारी दिने कल्पना गरेका छन्।

यस्तो छ कविता

स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास ।

खेर जान्नन् नदीनाला
बाँझा हुन्न् खेत
नाङ्गा हुन्न् डाँडापाखा
यो उर्वर सुन्दर देश ।

चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छन् अभियान साझा ।

बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल ।
२ मे २०३०
२० वैशाख २०७७