माधव नेपालको राजनीति सकिएको केपी ओलीको घोषणा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

माधव नेपालको राजनीति सकिएको केपी ओलीको घोषणा



काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको राजनीति सकिएको घोषणा गरेका छन्। उनले प्राइम टिभीमा दिएको अन्तर्वार्तामा माधव नेपालको पोलिटिक्स सिद्दिसकेको घोषणा गरेका हुन् ।

कार्यक्रममा ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट हटाउनको लागि ग्राण्ड डिजाईन गर्न सक्ने ल्याकत नराख्ने भन्दै अन्त कतैबाट भएको आदेश पालना गरेको टिप्पणी गरेका छन् ।

ओलीले माओवादी केन्द्रसँग एकता गर्नु गलत नभएको स्पष्ट पारेका छन् । उनले आफूले असल नियतले पार्टी एकता गरेको पनि स्मरण गराए । उनले आगामी निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ आउने दाबी गरे । उनले कम्युनिष्ट पार्टी विभाजन गर्न आफूले भूमिका खेलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे ।

उनले आफ्नो निशानामा अदालत, निर्वाचन आयोग र सभामुख नभएको स्पष्ट पारे । बरु, अदाललते दुनियाँमा कहीँ नभएको फैसला गरेको पनि उनको भनाई थियो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विषयमा उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले एक प्रसङ्गमा व्यंग्यात्मक शैलीमा प्रचण्ड र नेपाल हिरोमात्रै नभएर सुपर स्पाईडर म्यान नै भएको बताए । माधव नेपाल त हिरो हुनुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘हिरोमात्रै नभएर सुपर स्पाईडर म्यान नै हो नि ।’ प्रचण्डले माधव नेपाल त हिरो भनेर भन्नुभएको छ नि ? भनेर सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बरको हिरो । उहाँहरु त स्पाईडर म्यान हो ।”

उनले नेपालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरे । उनले भने, यो असंवैधानिक छ, गैरकानूनी छ । जालझेलपूर्ण छ । षड्यन्त्रपूर्वक छ ।” उनले माधव नेपाललाई आफूले पेलेको र हेपेको भन्नुपनि गलत भएको बताए । पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदापनि माधव नेपाललाई दोस्रो पोजिसनमा राखिएको उनको भनाई थियो ।