कांग्रेसले आफ्नो नाम १०८ पटक नजपेको भन्दै ओलीले गरे दुखमनाउ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

कांग्रेसले आफ्नो नाम १०८ पटक नजपेको भन्दै ओलीले गरे दुखमनाउ



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्नो नाम १ सय ८ पटक नजपेकोमा दुखमनाउ गरेका छन् । उनले कांग्रेसले मेरो नाम १०८ पल्ट केपी ओलीको नाम जप्नुपर्थ्यो। अलि थोरै भयो भन्दै दुखमनाउ गरेका हुन् ।

उनले अहिले देशभरि एमालेको लहर देखेर ‘थर्रर’ भइसकेको भन्दै निर्वाचनमा अझै होमिनका लागि कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

उनले एमालेसँग डराएर नेपाली कांग्रेसले आफ्नोपत्रमा शेरबहादुर देउवाको नाम ८ ठाउँमा र केपी ओलीको नाम ४२ ठाउँमा लेखेको पनि बताए।

‘अझ थोरै भयो। १०८ पल्ट केपी ओलीको नाम जप्नुपर्थ्यो। अलि थोरै भयो’ उनले भने ‘कांग्रेसका कार्यकर्ताहरूले घर गएर फेरि एकपटक मेरो नाम गन्नुहोला। तर कांग्रेसलाई धन्यवाद छ। मेरो नाम धेरै ठाउँमा लेखिदियो।’

उनले पाँच वा छ दलहरूमा मात्रै होइन अरू जति दलहरू आए पनि नेकपा एमालेसँग नसक्ने दाबी गरे।

‘हामी मुद्दा लडेर होइन। जनताको भोट लिएर सरकार बनाउँछौं। अरू पनि कुनै दल बचेको छ भने गठबन्धनमा राखे हुन्छ’ उनले भने ‘तर एमाले एक्लै लड्छ। पहिला पनि मैले भनेको थिएँ ‘वान टु वान।’