राजनीतिक ट्वीस्ट: १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि राष्ट्रपतिले बैकल्पिक सरकार बनाउन आह्वान गरेपछि विपक्षी गठबन्धनभन्दा अगाडी पुगेका ओलीले यस्तो दाबी गरेका हुन् ।
ओलीले एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेको बताइएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।