प्रधानमन्त्रीमा ओलीको पनि दाबी: एक घण्टा बसेर फर्किए
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासबाट बाहिरिएका छन्। उनी राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका थिए।
उनी करिब एकघण्टा बसेर त्यहाँबाट बाहिरिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
उनले एमालेका १२१ र जनता समाजवादी पार्टी जसपाका १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको बुझिएको छ ।