प्रधानमन्त्रीले गरे ५० लाख मत ल्याउने दाबी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् ।
उनले शनिबार बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् ।
उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने ? हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’
त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने, ‘हामी प्रत्यक्षतर्फ बहुमत ल्याउँछाै । घटाएर देखाउनुहोस् । किन निर्वाचनसँग डराउनुहुन्छ ?’