कुनैपनि भ्रष्टाचारमा आफूहरूलाई फसाए प्रतिकार गर्ने ओलीको चेतावनी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कुनैपनि भ्रष्टाचारमा आफूहरूलाई फसाए प्रतिकार गर्ने ओलीको चेतावनी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार काण्डमा आफूहरूलाई फसाउन खोजे प्रतिकार गर्ने बताएका छन् । उनले कुनैपनि भ्रष्टाचारमा आफूहरूलाई नफसाउन चेतावनी समेत दिव्का छन् ।

पार्टी कमिटी बैठकमा अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रम विपक्षी विरुद्ध झुटको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

उनले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति/संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने प्लानको संज्ञा दिएका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर्ने रे !’ सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जाको छानबिन हुन्छ ?’

उनले अघि भनेका छन्, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीकाण्ड कहिले भएको थियो ? संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ?’

आफूहरुलाई फसाउन खोजे प्रतिकार गर्ने उनको चेतावनी छ । पूर्व प्रधानमन्त्री ओलीले भने, ‘हाछ्यु खाएँ, बाछ्यु खाएँ झुसे बारुलो । एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्नेछ ।’