ओलीको निर्देशन: भ्रष्टाचार र काममा बहानाबाजी सहन सक्दिन - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

ओलीको निर्देशन: भ्रष्टाचार र काममा बहानाबाजी सहन सक्दिन



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारले सहन नसक्ने चेतावनी दिएका छन्।

जनताको काम पन्छाउने प्रवृत्ति सरकारलाई सह्य नहुने भएकाले यसबाट तत्काल माथि उठ्न ओलीले निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राज्यको काम गर्न नखोज्ने कसैलाई पनि आफूले छुट नदिने बताए।