योगेश भन्छन्- ओलीको भविष्य दर्दनाक र वियोगान्त हुँदैछ - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

योगेश भन्छन्- ओलीको भविष्य दर्दनाक र वियोगान्त हुँदैछ



जनकपुरधाम- नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्यागेर राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा दाहाल नेपाल समुहको प्रेस संगठनको प्रदेश नम्बर २ स्तरीय भेलालाई आइतबार जनकपुरमा सम्बोधन गर्दै भट्टराईले संसद पुन:स्थापना भइसकेको अवस्थामा उनीसँग बहुमत नरहेकोले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले भने, संवैधानिक व्यवस्था संसद् पुनस्थापनापछि सरकारमा बसेका व्यक्तिले तत्काल राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खोल्नुपर्छ तर ओेलीले बाल हठ गरि कुर्सी छोडन चाहनु हुन्‍न ।’ उनले प्रधानमन्त्री ओलीले आगामी फागु २३ गते संसद बस्‍नुअघि नै प्रधानमन्त्रीले पद त्यागिसक्ने विश्वास व्यक्त गर्दै भने सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक छ भनिसक्दा पनि पदमा बसिरहनु त्यो भन्दा लाजमर्नु अरु केही नभएको बताए ।

प्रधानमन्त्रीले नैतिक रुपमा पद नत्यागे उनको अन्त्य दर्दनाक हुने पनि भट्टराईको भनाइ छ । ‘हठ लिनु भयो भने व्यक्तिगत रुपमा पनि उहाँका निम्ति दर्दनाक र वियोगान्तको इतिहास हुनेछ,’ उनले भने, ‘यदि संसदमा टसल गर्न आउनु भयो भने उहाँका निम्ति त्यो वियोगान्त बाहेक केही हुने छैन ।’

उनले संविधानमाथि गम्भीर आक्रमण गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका प्रतिनिधि सभाका सदस्यहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरेको पनि दाबी गरे ।

‘तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्दै सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकिएन भने प्रतिनिधिसभाले मृत्यु पत्रमा हस्ताक्षर गर्छ’ उनले भने ।