युवराज ज्ञवाली भन्छन्: अब ओलीको भण्डाफोर गर्छौँ
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भण्डाफोर गनुपर्ने बताएका छन् । उनले सबै मिलेर उनको भण्डाफोर गर्नुपर्ने बताएका हुन् ।
संसद् विघटन गरेर मुलुकलाई पुनः प्रतिगमनतिर डोर्याएको टिप्पणी गर्दै नेता ज्ञवालीले मध्यरातमा संसद् विघटन गर्दै मुलुकलाई अनिश्चित दिशामा लागेको बताएका छन् ।
उनले भनेका छन्, प्रधानमन्त्री ओली प्रतिगमनको दिशातिर जाँदैछन् । उनको पहिलो कदम अदालतले रोकिदिएको थियो । पुनः त्यो कदम ठिक थियो भन्ने पार्न संसद् विघटन गरेका छन् । नेपाली जनता सबै मिलेर यसको भण्डाफोर गर्नुपर्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा यो भइरहेकाले यस कमदलाई कुनै हालतमा साथ दिन नहुने बताए । लोकतन्त्र उल्ट्याउने काम भइरहेको छ । यो कदमको जुनसुकै शब्दमा निन्दा गरे पनि कम हुने उनले बताए