आइसियुमा कस्तो छ ओलीको अवस्था ? - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

आइसियुमा कस्तो छ ओलीको अवस्था ?



काठमाडौं- प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस खानेकुरा पनि खुवाउन थालएको छ।

सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली सल्यक्रियाको एक सातापछि सामान्य हिँडडुल गर्न थालेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र आइसियुमै सामान्य हिँडडुल गर्न थालेको जानकारी दिए।

प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले प्रधानमन्त्रीलाई ठोस आहार खुवाउन सुरु गरिएको बताए।

गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सल्यक्रिया गरिएको थियो। हाल उनको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचार भयरहेको छ।

ओलीको आइतबार साँझ डायलाइसिस पनि गरिएको छ। एपेन्डिसाइटिसको सल्यक्रियापछि यो उनको दोस्रो सल्यक्रिया हो।