प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आत्तिनु नपर्ने - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आत्तिनु नपर्ने



काठमाडौं – छातीमा सङ्क्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका जनसम्पर्क सल्लाहकार श्रोतले जनाएको छ।

बाहिर हल्ला गरिएजस्तो प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था जटिल नभएको पनि सचिवालयले जनाएको छ । चिसोले गर्दा खोकी अलि बढेको मात्रै भएको र यसमा आत्तिनुपर्ने अवस्था नरहेको बताइएको छ । सल्लाहकार समुहका अच्युत मैनालीले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, ‘चिसोले गर्दा खोकी अलि बढेको हो, आत्तिनु पर्दैन । केही दिन उहाँ डाक्टरहरुको निगरानीमा अस्पतालमै बस्नुहुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमै राख्दा भिडभाडका कारण संक्रमण हुन सक्ने भएकाले मात्रै अस्पतालमा राखेर उपचार गरिएको मैनालीले बताए । डाक्टरहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैरहेको र विदेश लैजान नपर्ने बताएको पनि मैनालीले बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेता कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल आइरहेका छन् ।