ओलीको आरोप देशमा अधिनायकवाद आउँदै छ भन्दै कांग्रेसले कोकोहोलो मच्चायो - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

ओलीको आरोप देशमा अधिनायकवाद आउँदै छ भन्दै कांग्रेसले कोकोहोलो मच्चायो



काठमाडौँ,  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले घरदेखि माइतीघर मण्डाला पुग्दासम्म सरकारलाई गाली गर्दै हिँडेको आरोप लगाएका छन् । प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणासभामा ओलीले यस्तो आरोप लगाएका हुन् ।

प्रधामन्त्री ओलीले भने, ‘तपार्इंले बाटोमा बरबराउँदै गरेको कोही भेटाउनुभयो भने ख्याल गर्नु होला, त्यो कांग्रेस हो ।’ देशमा अधिनायकवाद आउँदै छ भन्दै कांग्रेसले कोकोहोलो मच्चाएको ओलीको आरोप छ ।

‘हामीले संविधानसभाबाट संविधान बनायौँ । लोकतान्त्रिक तरिकाबाट निर्वाचित भई सरकारमा आयौँ,’ ओलीले भने, ‘के हो अधिनायकवाद आउँछ भनेको ? के हो तानाशाही भयो ओली भनेको, यस्ता नचाहिने भ्रम सिर्जना गर्न पाइन्छ ? ’ माइतीघरमा विरोधको अखडा बनाउन नपाएको भन्दै कांग्रेसले विरोध गरेको ओलीले बताए ।

कांग्रेसले निर्वाचन हारेपछि सरकार टिक्नै-दिन्नौँ भन्नु गलत भएको ओलीले बताए । सरकारलाई सरकारबाट हटाउने भए पाँच वर्षपछि निर्वाचनबाट जितेर आएपछि मात्र हटाउन सकिने उनले बताए । नयाँ पत्रिकामा खबर छ ।