सरकारले सुरू गरेको कार्यक्रम सफल पार्न एमाले अध्यक्ष ओलीको अपील - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

सरकारले सुरू गरेको कार्यक्रम सफल पार्न एमाले अध्यक्ष ओलीको अपील



काठमाडौं- सरकारले सुरू गरेको कार्यक्रम सफल पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले अपील जारी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सरकारले सुरू गरेको जनगणना कार्यक्रम सफल पार्न अपील जारी गरेका हुन् ।

अध्यक्ष ओलीले कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका समेत छन्।

पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका हुन्।

उनले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन्।