ओलीको सूचीमा नपरेकी उनकै कट्टर आलोचक बनिन् सर्वसम्मत केन्द्रीय सदस्य - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

ओलीको सूचीमा नपरेकी उनकै कट्टर आलोचक बनिन् सर्वसम्मत केन्द्रीय सदस्य



काठमाडौं- उषाकिरण तिम्सिना एमाले अध्यक्ष केप्व्व शर्मा ओलीकी कट्टर आलोचक हुन् । नेकपा (एमाले) मा लामो समयसम्म माधव नेपालनिकट रहेकी उनी सर्वसम्मत रूपमा केन्द्रीय सदस्य बनेकी छन् ।

ओलीले उनलाई आफ्नो सूचीमा राखेका थिएनन् तरपनी उनी सर्वसम्मत चुनिएकी छन् ।

१० बुँदे सहमतिसँगै माधव नेपालको साथ छाडेर उनी एमालेमै बसेकी तिम्सिना महिला खुलातर्फ केन्द्रीय सदस्य बनेकी हुन् ।

जारी एमाले महाधिवेशनमा केपी ओलीले सर्वसम्मतिका लागि भन्दै बन्दसत्रमा पेस गरेको केन्द्रीय सदस्यहरूको सूचीमा तिम्सिना अटाइनन् । तर, उनी सर्वसम्मत रूपमा केन्द्रीय सदस्य बनेकी छन् ।

एमालेमा महिला खुलातर्फ ५३ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । ‌ओलीको सूचीमा नअटाएकी तिम्सिनाले पनि मनोनयन दर्ता गराएपछि उम्मेदवारको संख्या ५४ पुग्यो ।

तर, ओलीले पेस गरेको सूचीमा रहेकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएसँगै तिम्सिना सर्वसम्मत भएकी हुन् ।