ओलीकै गृहजिल्लाका आधा दर्जन प्रभावशाली नेताहरू नयाँ पार्टीमा
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट आधा दर्जन प्रभावशाली नेताहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीमा लागेका छन् ।
एमाले समाजवादीमा झापाका आधा दर्जन नेताहरूले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् । जिम्मेवारी पाउनेमा पाउनेमा नरेश खरेल, रविन कोइराला, भाष्कर काफ्ले, घनेन्द्र बस्नेत, गौरा प्रसाइँ कोइराला र खगेन्द्र चुडाल छन्।
यी नेताहरू झापाका प्रभावशाली मानिन्छन बस्नेत र प्रसाईं पूर्व सांसद हुन्। बस्नेत एमालेमा त्यागी र पुराना नेता मानिन्छन्। खरेल, कोइराला र काफ्ले भने एमाले अध्यक्ष ओलीका कट्टर विरोधी मानिन्छन् । लामो समयदेखि नेपाल र खनाल निकट रहेर उनीहरूले राजनीति गर्दै आएका थिए।
झापाबाट ६ जना केन्द्रीय सदस्य बनेको सार्वजनिक भएपछि ओली समूह कमजोर हुने चर्चा सुरू भएको छ। खरेल र कोइराला संविधानसभा संदस्यसमेत हुन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिको जिम्मेवारीमा छन्। खरेल पत्नी पवित्रा खरेल प्रतिनिधिसभामा सदस्य छन्।
काफ्ले ताप्लेजुङबाट झापा आएका युवा नेता हुन् । काफ्ले पार्टीको बैकल्पिक केन्द्रीय सदस्य थिए। चुडाल यसअघि पार्टीको कुन भूमिकामा थिए त्यो पनि स्पष्ट खुलेको छैन।
एमाले समाजवादी पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेको बताइए पनि अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्ष बाहेकको नाम सो पार्टीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन।