ओली पक्षका कार्यक्रम एकाएक स्थगित - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ओली पक्षका कार्यक्रम एकाएक स्थगित



काठमाडाैं– नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आज गर्न लागेको सभा स्थगित भएको छ ।

पोखराको अमरसिंह चाैरमा आयोजना हुन लागेकाे उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो।

तर तयारी नपुगेको भन्दै आजको सभालाई रोकेर पर्सी सारिएको बताइएको छ। पर्सीको सभामा भने प्रधानमन्त्री ओली जाने र प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्ने छन्।

ओली पक्षले हरेक शनिबार सभा गर्दै आएको थियो। यसअघि बुटवल, धनगढी र विराटनगर भएको सभामा उनी उपस्थित भएका थिए।

सर्वोच्चको फैसलापछि ओली समुहका सबैजसो कार्यक्रम स्थगित भएका छन् ।