निर्णायक वार्ता भैरहेकै बेला ओलीले पठाए देउवा भेट्न विशेष दूत - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

निर्णायक वार्ता भैरहेकै बेला ओलीले पठाए देउवा भेट्न विशेष दूत



काठमाडौं । सत्तारुढ दल नेकपामा चर्किएको विवादले उग्र रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता भेट्न विशेष दुत पठाएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । यो भेटलाई राजनीतिक वृत्तमा चासोले हेरिएको छ ।

प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् ।देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए ।

नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिए ।

संवैधानिक परिषदको बैठक बस्न नसकेका कारण अख्तियार,निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उनले बताए ।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा ओलीले नेकपा फुटे मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव देउवासमक्ष राखेको भन्दै अहिले नेकपामा तरंग आएको छ।