योगेश भट्टराईले प्रधानमन्त्रीलाई सोधे: तपाईंको लिङ्ग छुट्टिएको छैन र ? - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

योगेश भट्टराईले प्रधानमन्त्रीलाई सोधे: तपाईंको लिङ्ग छुट्टिएको छैन र ?



रामेछाप- नेकपाका स्थायी कमिटि सदस्य योगेश भट्टराईले आफूलाई केटो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्दै ओलिजीको लिङ्ग छुट्टीन बाँकी हो र ? भन्दै प्रश्न गरेका छन् । आफूलाई केटो भनेर सम्वोधन गरेकोप्रति आक्रामक बन्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

आफू केटो भएको र लिङ्ग छुट्टिएको उनले ओलीको लिङ्ग छुट्टीएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु’, पोखे– ‘उहाँ केपी ओलीको छुट्टिएको छैन होला ।’

आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले ओलीप्रति आक्रोश पोख्दै ओलीले भन्दा आफूले बढी मत ल्याएर जितेको समेत सम्झना गराएका छन् । उनले भने, ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु ’, भट्टराईले आक्रोश पोखे– ‘मलाई केटो भनेर जिस्क्याउने ?’

सभामा उपस्थित कार्यकर्तालाई भट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने ।

नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ ? भट्टराईले प्रश्न गरे । ‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ ’, उनले भने, ‘संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए । काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या भन्दै भट्टराईले भने– ‘नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो ? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।’

भट्टराईले मुलुक फेरि द्वन्द्वतिर लैजान प्रधानमन्त्री उद्यत रहेको भन्दै नेपाली जनताको आशा र भरोषा माथि कुठाराघात भएको बताए । ‘२०१७ साल दोहोर्‍याउने प्रधानमन्त्रीको नियत हो ’, भट्टराईले भने – ‘तर त्यो सपना नदेखे हुन्छ ।’