पार्टी विवादबारे प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीबीच लामो छलफल
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा उग्र विवाद भैरहेका बेला चिनिया राजदूत होउ यान्छी फेरी सक्रिय भएकी छन् । यसअघि पनि पार्टीमा संकट आएका बेला विवाद मिलाउन सक्रिय भएकी यान्छी फेरि सक्रिय भएकी हुन् ।
मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदूत यान्छीबीच बालुवाटारमा लामो छलफल भएको स्रोतले जनाएको छ । मंगलबार साँझ भएको भेटवार्ता नेकपाको पछिल्लो राजनीतिक विवादमा केन्द्रित रहेको बताइएको छ ।
भेट नेकपा सचिवालय वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको एकल प्रस्ताव र त्यसपछि उत्पन्न विवाद लगायत विषयमा केन्द्रित भएको बुझिएको छ ।
नेकपा विवाद उत्कर्षमा पुगेपछि राजदूत यान्छीले राजनीतिक भेटवार्ता तिव्र पारेकी छिन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गरेकी छिन् ।
नेकपा सचिवालयका बहुमत सदस्यले आजका लागि बैठक बोलाएका छन् भने ओली पक्ष उक्त बैठक टार्ने कसरत गरिरहेको छ ।