ओली देशको लागि भिलेन र गुण्डा ग्याङ्गको नाइके हुन: मात्रिका यादव - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

ओली देशको लागि भिलेन र गुण्डा ग्याङ्गको नाइके हुन: मात्रिका यादव



जनकपुरधाम- नेकपाका स्थायी समिति सदस्य मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओली गुण्डा ग्याङ्गको नाइके भएको बताएका छन् । संसद विघटनले देशमा नयाँ राजनीतिक संकट पैदा भएको समेत यादवले बताएका छन्।

ओलीको निर्णय प्रति आपति जनाउँदै उनको यो कदमले ओली कम्युनिष्ट नहरेको पुष्टि भएको यादवले बताए। उनले भने, ‘केपी ओली देशको लागि होइन् उनी एउटा भिलेन हो, यो कम्युनिष्टको काम होइन् । ओली आफ्नो ग्याङ्गको लागि पार्टीको शुद्धिकरण भन्दा पनि अपराधिकरण गरे।’

महोत्तरीको बर्दिबासमा आज नेकपा समर्थित विद्यार्थी भेलालाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओली राजनीति भन्दा पनि षड्यन्त्र गर्नुमा निपुण रहेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु आफनो लागि नौलो कुरा नरहेको बताउँदै उनले भने, ‘म ओली प्रवृत्तिको भुक्तभोगी हुँ र त्यसैले मैले कमरेड प्रचण्डलाई यस तर्फ पटक पटक सचेत समेत गराएको हुँ।’

पूर्वमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओली पार्टी नभएर गुण्डाहरुको ग्यांग चलाईरहेको अरोप लगाए।