ओलीको यस्तो ट्विट: अझै कति कुर्ने होला ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओलीको यस्तो ट्विट: अझै कति कुर्ने होला ?



प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका छन् । आइतबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

देशमा स्रोत साधनको कमी नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समुचित प्रयोग गर्ने नीति बनाएर अघि बढ्ने बताएका छन्। ‘हामीसँग स्रोत साधनको कमी छैन, हामी ती स्रोत साधनलाई समुचित प्रगोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौँ’, ओलीले भनेका छन्, ‘निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले गरिबबाट धनी, पछौटेबाट सम्पन्न र बेरोजगारबाट रोजगारको देश बनाउने प्रतिवद्धतालाई ट्विटरमार्फत् दोहोर्याएका छन् ।

‘गरिब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारको देशबाट रोजगारको देश–समृद्धिका लागि हाम्रो दिशा यही हो’, ओलीले ट्विटमा भनेका छन् ।