नेपाल समूहलाई चेतावनी दिँदै प्रधानमन्त्री ओलीले गरे यस्तो ट्वीट
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बसेर छलफलबाट समस्याको समाधान खोज्न आह्वान गरेका छन्। एमाले वरिष्ठ नेता माधव नेपाल समुहले सामुहिक राजिनामा दिने तयारी गरेपछि उनले ट्वीटमार्फत यस्तो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै चेतावनी समेत दिएका छन ।
ओलीले आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्:
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’