मुख्यसचिव र आइजीपीका कारण प्रधानमन्त्री तनाबमा - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

मुख्यसचिव र आइजीपीका कारण प्रधानमन्त्री तनाबमा



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाइ एकाएक तनाब बढेको छ । आफ्नै कार्यकुशलता र ब्यबस्थापनमा सन्तुलन मिलाउन नसक्दा यस्स्तो अवस्था आएको हो । सरकार संचालन गर्ने क्रममा विभिन्न महत्वपूर्ण निकायहरु आफ्नो मातहत ल्याए पनि प्रधानमन्त्रीले सबै संयन्त्रहरुलाई तालमेल मिलाएर सञ्चालन गर्न नसकेपछि यस्तो अवस्था आएको हो ।

शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरी, गुप्तचर सूचना संकलन गर्ने  राष्ट्रिय अनुसन्धान विभागलाई उचित ढंगले सञ्चालन गर्न नसकेकोले पछिल्लो समय देशमा आतंक फैलिएको छ ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री ओलीले विश्वासमा परिचालित गर्न नसकेको काठमाडौंमा हालै भएको बम विस्फोटका घटनाले देखाएको छ। प्रधानमन्त्री कार्यालयमा एक अर्काबीच कति खाडल छ र त्यसको परिणाम कसरी सर्वसाधारण जनताले उठाउनु परेको छ बम विस्फोटको घटनाले प्रष्ट्याएको छ।

एकातिर बम विस्फोटको घटनाहरु भइरहेको छ भने अर्कातिर प्रधानमन्त्री कार्यालयलाई प्राप्त सूचनाहरुलाई विश्लेषण गरेर एक्सनमा नजाँदा देश अनावश्यक त्रासमा गुज्रनु परेको छ। सरकार अहिले आफ्नो कमजोरी ढाकछोप गर्न अनेक वहाना खोजिरहेको छ। यहि क्रममा सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई निशाना बनाउन लागिपरेको छ।

राष्ट्रिय अनुसन्धान विभागले दिएको सूचना प्रधानमन्त्री केपी ओलीकहाँ नपुर्‍याएको, सूचना फिल्टर गरेर मात्र दिइएको लगायतका आरोप लगाउँदै रेग्मीमाथि प्रधानमन्त्री कार्यालयले गोप्य अनुसन्धान शुरु गरेको छ। प्रधानमन्त्रीको सचिवालयले यस कामको लागि एक जना प्रधानमन्त्रीको विश्वासपात्र सचिवलाई जिम्मा दिएको वालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्रीको प्रत्यक्ष चासो पछि मुख्य सल्लाहकार बिष्णु रिमाल यो अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन लागिपरेका छन्।

विभागको गुप्तचरी सूचना प्रधानमन्त्रीकहाँ नपुर्‍याएको र फिल्टर गरेर मात्र दिइएको भन्ने आरोप लगाएर सरकार प्रशासन क्षेत्रको सर्वोच्च पदमा रहेका मुख्य सचिवलाई तर्साई त्यहाँबाट वाहिर्‍याउने खेलमा लागेको कतिपयको बुझाइ छ। यो खेल नेपाल प्रहरीमा पनि शुरु भएको छ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई विमस्टेकको सुरक्षा सम्वन्धी वैठकमा नेपालको परराष्ट्र नीति भन्दा विपरित बोलेको भन्दै कार्वाहीको प्रक्रिया शुरु गरिएको छ। उनीमाथि पनि गृह प्रसासनले अनुसन्धान शुरु गरेको छ। अनुसन्धानकै क्रममा तत्काल उनको तय भएको भारत भ्रमणको स्विकृती गृह मन्त्रालयले दिन इन्कार गरेको छ।

कर्मचारी प्रसासन र प्रहरी प्रसासनमा सरकारको यो रवैया रुपमा ठीक देखिएपनि सारमा एउटा बहाना बनाएर उनीहरुलाई हटाइ नयाँ व्यक्तिको पदस्थापनको योजना अन्तर्गत भएको बुझाइ सँगसँगै शुरु भएको छ। मन नपर्दा नपर्दै स्विकार्नु पर्ने वाध्यताको बीचमा नियुक्त भएका रेग्मी र खनाललाई हटाउने उपयुक्त समय कुरिरहेका ओलीले यसै वहानामा उनीहरुलाई घर फर्काउने बाटो खोजेको देखिएको छ। किनकी सबैलाई जाहेर भएकै विषय हो रेग्मी र खनाल स्विकार्नु ओलीको वाध्यता थियो। मौका पाउँदा उनी यी दुवै पात्रलाई काखी च्यापेर बस्ने व्यक्ति प्रधानमन्त्री हैन वालुवाटार निकट स्रोतले ठोकुवा गरेको छ।