प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सचिवालय बैठक स्थगित
काठमाडौँ- एमसीसी सम्झौताको टुंगो लगाउन सत्तारुढ नेकपाको आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको छ ।
सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्
एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ ।