एउटा निर्णयले बालुवाटारमा भुईँचालो: ओलीले सुटुक्क गरे नेपाललाई टेलिफोन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

एउटा निर्णयले बालुवाटारमा भुईँचालो: ओलीले सुटुक्क गरे नेपाललाई टेलिफोन



काठमाडौ- वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई तह लगाउने अभियान चलाएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सुटुक्क नेता नेपाललाई टेलिफोन गरेर भेट्न बोलाएको खुलेको छ । प्रधानमन्त्री ओली अफ्ठेरोमा परेपछि के सम्म गर्छन भन्ने पछिल्ला घटनाक्रमले देखाइरहेको बेला उनले नेता नेपाललगायतका नेताहरूलाई फोन गरेर सहयोग मागेको समेत खुलेको छ ।

नेपाल समूहलाई पेलेरै तह लगाउने नीति अख्तियार गरेका ओले अहिले भने उनै नेपाललाई टेलिफोन गरेर मिलेर जान सकिने आसय ब्यक्त गरेका छन् । दुई साता अघि ओलीले नेता नेपालसँग भेटेरै छलफल गरेपनि आफ्नो अडानबाट टसमस नभएका ओली अहिले भने अडान छाड्न सक्ने संकेत दिएका छन् । माधव समुहले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन जे पनि सामुहिक राजिनामा दिनसक्ने गरी समुहमा छलफल गरेपछि ओली समूह तनावमा देखिएका छन् ।

पहिले पनि अफ्ठेरोमा परेपछि आफैले पहल गर्ने ओलीले अहिले पनि आफैले नेता नेपाललाई फोन गरेर संवादका लागि आग्रह गरेको खुलेको छ । उनले पार्टीको विवादलाई अहिलेको परिस्थितिमा थाती राखौँ मिलेर जाऔँ भन्दै फोन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

माधव समुहले सामुहिक राजीनामाको छलफल चलाएपछि बालुवाटारमै पनि ओली पक्षका नेताहरूले नेता नेपालसँग छलफल गर्न आग्रह गरिरहेको बताइएको छ । अहिले अत्यन्त दवावमा रहेका ओलीले नेपाललाई भेट्न बालुवाटार बोलाएको पनि नेता नेपाल समुहका एक नेताले बताए । तर नेपालले अहिले भेटघाट गर्नुको औचित्य नरहेको जवाफ फर्केका थिए ।

नेता नेपालले अब सहमति गर्नसक्ने एउटामात्र सम्भावना रहेको भन्दै पहिला फागुन २८को निर्णय सच्याएर फोन गर्न आग्रह गरेको बताईएको छ । उक्त निर्णय सच्चाएपछि मात्र कुराकानी तथा भेटघाट गर्न सकिने नेपालको जवाफ थियो । ओलीले भने अहिले आफूलाई साथ् दिए बैसाख २७ पछि पार्टीबारे निर्णय गर्न सकिने बताएका थिए ।

‘ओली कमरेडले फोन गरेर सहयोगको प्रस्ताव गर्नुभएको रहेछ नेपाल कमरेडले फागुन २८को निर्णय सच्याएर फोन गर्नुहोला सोच्न सकिन्छ भन्नुभएछ’ नेता नेपाल निकट एक नेताले बताए ।

यसबारे मेटा नेपालले आफूनिकट केहि नेताहरूलाई ब्रिफिङ समेत गरेका थिए । नेताहरूसँग नेपालले सचेत रहन र प्रलोभनमा नपर्न समेत आग्रह गरेक थिए । नेता नेपालले ब्रिफिङमा सत्ता टिकाउनक लागि ओलीले विभिन्न प्रलोभन दिनसक्ने बताएका थिए ।

बालुवाटारमा भुईँचालो

प्रधानमन्त्री ओलीको घमण्ड सिध्याउन उनलाई सत्ताबाट हटाउन जरुरी रहेको भन्दै नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिएर ओली सरकार जसरी पनि ढाल्ने योजना बनाएको खबरले बालुवाटारमा भुईँचालो नै गएको छ।

ओलीका आस्वासनमा नपर्ने र सामुहिक राजिनामा दिने निर्णय भैसकेको भन्दै केहि सांसदले बालुवाटार निकट नेताहरूसँग कुरा गरेपछि बालुवाटार अहिले कम्प्रोमैज गर्ने मुडमा पुगेको बुझिएको छ । नेपाल समुहको यो निर्णयपछि बालुवाटार निकट सफ्टलाइनर नेताहरूले ओलीले कम्प्रोमाइज गरेरै भएपनि उनीहरूलाई फकौनुपरने भन्दै दवाव दिएको बुझिएको छ ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको कहानी सुनाउँदै नेताहरूले कहलेकाहीं नेतृत्वले पनि कम्प्रोमाइज गर्नुपर्ने बताएका थिए । नेपाल पक्षका नेताहरूलाई पार्टी भन्दा बाहिर राखे झन् खतरा हुने भन्दै विवाद मिलाउन पहल गर्न ओलीलाई नेताहरूले दवाव दिएका छन् ।