रोकियो प्रधानमन्त्री ओलीको झापा भ्रमण: स्थगित गरिए कार्यक्रम - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

रोकियो प्रधानमन्त्री ओलीको झापा भ्रमण: स्थगित गरिए कार्यक्रम



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण एकाएक स्थगित भएको छ । ओली नै नजाने भएपछि सो समुहले आयोजना गरेका जनसभा नै स्थगित भएको बताइएको छ ।

प्रधानमन्त्री नै नआउने भएपछि नेकपा विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित गरिएको एक नेताले बताए ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि ओली उपस्थित हुने भनिएका कैयौँ कार्यक्रमहरू स्थगित भएका थिए ।

नेकपा स्रोतका अनुसार यो कार्यक्रम भने विप्लव समूहसँग व्यस्त हुनुपरेकोले स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्रीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका थियो ।