सर्वोच्चको आदेश लगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । सर्वोच्च अदालतले सक्कल फाइल सहित जवाफ पेश गर्न आदेश दिएलगत्तै ओली शितलनिवास पुगेका हुन् ।
समस्या आए वा कुनै कदम चल्ने तयारी गरे शितलनिवास पुगिहाल्ने प्रधानमन्त्री ओली बुधबार बेलुका शितालिवास पुगेका छन् । खासगरी सर्वोच्च अदालतमा आज देखिएको माहोलबारे छलफल गर्न उनी त्यहाँ पुगेको बताइएको छ ।
मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेका प्रधानमन्त्री ओलीले त्यसबारे पनि छलफल गर्ने बुझिएको छ । अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भइरहेको बताइएको छ ।