आकस्मिक बैठक सकेर शितलनिवास पुगे ओली
काठमाडौँ- आकस्मिक मन्त्रिपरिषद्को बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत नपाएर पद मुक्त भएपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ता किन गरिएको भन्ने खुलाइएको छैन । संसदबाट विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री राष्ट्रपति निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।