मन्त्रीहरूलाई एकाएक बालुवाटार बोलाएर शीतल निवास पुगे प्रधानमन्त्री
काठमाडौं । नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई एकाएक बालुवाटार बोलाएका छन् ।
मन्त्रीहरूलाई बालुवाटार आउन उर्दी जारी गर्दै आफू भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मिटिङका लागि भन्दै बोलाइएको हो ।
यद्यपि यो मन्त्रिपरिषद् वा अरु मिटिङको प्रष्ट भएको छैन ।