ओलीले बयलगाडाको गफ गर्दा वकिलहरु गणतन्त्र ल्याउन जेलमा थिए: शेखर कोइराला - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीले बयलगाडाको गफ गर्दा वकिलहरु गणतन्त्र ल्याउन जेलमा थिए: शेखर कोइराला



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालो कोट’ लगाउनेमाथि गरिएको टिप्पणीको विरोध गर्दै पाकिस्तानी तानाशाहको उदाहरण दिएका छन् ।

प्रधानमन्त्री ओलीले सोमवार युवा संघ नेपालको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोख्दै कालोकोट धारी अराजक झुण्ड भन्दै टिप्पणी गरेका थिए ।

उनले गरेको टिप्पणीप्रति लक्षित गर्दै नेता कोइरालाले कालो कोटधारीहरुकै प्रयासमा नेपालमा गणतन्त्र आएको बिर्सन नहुने तर्क गरेका छन्।

उनले भनेका छन्, ‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए। आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ। कति चाडै बिर्सन सकेको उनीहरुको योगदान?’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका छन्।

त्यसैगरी न्यायालयबाटै शाही आयोग खारेज भएपछि गणतन्त्र आएको उल्लेख गर्दै ओलीलाई पाकिस्तानी उदाहरणसमेत स्मरण गराएका छन्।

‘तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो।’

नेता कोइरालाले भनेका छन्, ‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो। सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं।’

यस्तो छ कोइरालाको टिप्पणी

सन्दर्भः प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणी:

१. हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?

२. तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।

३. पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो ।

सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।