प्रधानमन्त्री ओलीलाई श्रद्धाञ्जली लेख्ने अनलाईनका सम्पादक प्रकाउ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रधानमन्त्री ओलीलाई श्रद्धाञ्जली लेख्ने अनलाईनका सम्पादक प्रकाउ



त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे अनर्गल प्रचार गर्ने एक ब्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाथीभरा अनलाईन डट कमका सम्पादक हरि प्रसाद मानन्धर छन्।

स्याङ्जाको हरिनाथ गाउँपालिका–५ का ४६ वर्षीय मानन्धर विरुद्ध विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ।

अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीविरुद्ध कतिपय ब्यक्ति तथा अनलाईनले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम भएकाे भन्दै प्रहरीले झुठो र भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्नसमेत आग्रह गरेको छ।

शिक्षण अस्पतालबाट प्राप्त पछिल्लो जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख छ। धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ।