२१ घटनाले बताउँछन्, ओलीमा शक्तिशाली बन्ने खतरनाक तिर्खा छ - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

२१ घटनाले बताउँछन्, ओलीमा शक्तिशाली बन्ने खतरनाक तिर्खा छ



२१ घटनाले बताउँछन्, प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको असिमित तिर्खा छ।

मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरुको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असिमित तिर्खा छ। यो खबर आजको नेपाल साप्ताहिकमा योगेश ढकालले लेखेका छन्।

ओलीको मपाईंले सत्ताको लोभसँगै निर्वाचित अधिनायकवादको यात्रातिर डो¥याउन थालेको संकेत मिल्छ।

राष्ट्रवादको नारामार्फत् प्रधानमन्त्रीमा केपी ओलीको उदय भइदियो। छिमेकी भारतमा नरेन्द्र मोदी र पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको उदय यसैगरी भयो।

आज अमेरिका, युरोप र ल्याटिन अमेरिकाका थुप्रै देशमा लोकतान्त्रिक बाटोबाट उग्रदक्षिणपन्थी वा उग्रवामपन्थी नाराले यसैगरी वैद्यानिकता पाइरहेका छन्।

यसलाई कतिपय विज्ञले चुनावको अपहरणमार्फत उदाएको ‘निर्वाचित अधिनायकवाद’ समेत भन्ने गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, शिक्षा, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निर्वाचन आयोग, अदालत, अख्तियार दुरुपयोग आयोग, संसद, प्रदेश सरकार, राजदूत नियुक्ति, प्रेस, राजनीतिक नियुक्ति, बुद्धिजीवि, यातायात सिन्डिकेट रक्षक, मन्त्रीमाथि नियन्त्रण, पार्टीभित्र पकड प्रयास र झापा मोह प्रधानमन्त्री ओलीमा तिब्र देखिन्छ।