प्रचण्ड पार्टीका उपाध्यक्ष हुन, मलाई कारबाही गर्न मिल्दैन: ओली - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

प्रचण्ड पार्टीका उपाध्यक्ष हुन, मलाई कारबाही गर्न मिल्दैन: ओली



काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गरेका हुन् ।

उनले पार्टी एकताका समयमा चित्त नदुखाउन् भनेर दोस्रो अध्यक्ष राखिदिएकाले प्रचण्डको नेतृत्वमा हुने भेलाले आफूलाई कार्वाही गर्नै नसक्ने जिकीर गरे । उनले प्रचण्ड उपाध्यक्ष सरहको पदमा भएकाले उनले केहि पनि निर्णय गर्न नसक्ने बताएका छन् ।

ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभए पनि पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिएपछि बाध्य भएर नयाँ जनादेशको निर्णय लिएको बताए ।

प्रचण्डको चर्को आलोचना गरेका ओलीले आफूले गरेको संसद विघटन अदालतले पनि उल्ट्याउन नसक्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीको तर्क थियो, ‘संसदको जनादेश भएको प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । ६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । अदालतले उल्ट्याउन सक्दैन । ’